नियम २९
अनुवादक राख्न सक्ने
(१) राजस्व चुहावट सम्बन्धी कसूरमा नेपाली भाषा नबुझ्ने विदेशी नागरिक अभियुक्तले अनुसन्धान तथा तहकिकातको सिलसिलामा भए विभागको तथा अभियोगपत्र दायर भइसकेपछि भए अदालतको अनुमति लिई अनुवादक राख्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम अनुवादक राखी तयार गरिएको कागजातमा अभियुक्तले भने बमोजिमको अनुवाद ठीक छ भन्ने व्यहोरा लेखी अभियुक्त तथा अनुवादक समेतको सही छाप गराउनु पर्नेछ ।